Latest News

अपडेट: नेपालगञ्जको जमुनाहा नाकामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं पेट्रोल बम प्रहार

नेपालगञ्ज, मंसिर १४ । नेपालगञ्जको सीमा नाका रुपडिया जमुनाहामा अहिले मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ । झडपमा प्रहरीले बल प्रयोग नगरेपनि नियन्त्रणको प्रयास गरिरहेको छ ।
एभन्यूज टेलिभिजनमा कृष्ण खनालले जनाए अनुसार, दर्जनौं पेट्रोल बम प्रहार गरिरहेका छन् । । प्रहरी भने ढाल बोकेर प्रदर्शनकारीको सामना गर्दैछन् । भारततिरबाट जसरी बम प्रहार गरिरहेका छन् । नेपाल पक्षबाट हेलोजन लाइटको व्यवस्था बालिएमा ढुंगा छेल्न सजिलो हुने भएपनि प्रशासनले त्यसो गर्न सकेको छैन । युद्धभूमि जस्तै भइरहेको उनले बताए ।
कान्तिपुर टेलिभिजनमा स्थानीय संवाददाता जे पाण्डेले दिएको जानकारी अनुसार, रुपडिया जमुनाहा जाने सडकमा आइतबारदेखि नै मोर्चाका कार्यकर्ताहरुले टेण्ट गाडेर अवरोध कायम गरेका थिए । सोमबार प्रहरीले मोर्चाका कार्यकर्ताहरुका अवरोध हटाउन खोजेपछि झडप भएको हो ।
जानकारी अनुसा, अवरोध हटाउन प्रहरीले प्रयास गदा सीमातिरबाट नेपालतर्फ ढुंगामुढा भइरहेको छ । प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि प्रहरी केही पछाडि हटेका छन् । प्रदर्शनकारी नाराबाजी गर्दै छन् । आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् ।
रातको अवस्था भएको र बत्ती पनि नभएकोले स्थितिबारे सबैकुरा थाहा हुन सकेको छैन । भारततर्फबाट प्रहरीमाथि आक्रमण भइरहेको छ । सीमापारीबाट आक्रमण गर्ने कम संख्यामा रहेपनि प्रहरीले नियन्त्रणमा अझै लिन सकेको छैन ।
ढुंगा प्रहारबाट एक प्रहरीले घाइते भएका छन् । जमुनाहा नाकामा अहिले तनावको अवस्था रहेको छ ।
Loading...