Loading...
भर्खरै गठन भएको सरकारका सत्ताधारीदलहरु एउटै कित्तामा उभिएकाले सोझो हिसाबले पनि राष्ट्रपतिमा एमाले नेतृ विद्यादेवी भण्डारी हुने भएकि हुन् भने उपराष्ट्रपतिमा एकिकृत नेकपा माओवादीका नेता नन्दकिसोर पुन पासाङ हुने पक्का पक्कि भएको एक राजनीतिक विश्लेषकले न्यूज अभियानलाई बताए ।
भण्डारी उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्रीसहित एमाले र एमाओवादीलगायत सरकारमा सहभागी सबै दलका नेता तथा सभासद् संसद् भवनमा पुगेका थिए। उम्मेदवारी दर्तापछि संक्षीप्त प्रतिक्रिया दिदै भण्डारीले आफूलाई सबैको साथ र समर्थन हुने विश्वास व्यक्त गरिन् । उनले कांग्रेसले पनि आफूलाई भोट हाल्ने बताइन्।
उनले जनताका प्रतिनिधिले पहिलोपटक बनाएको नयाँ संविधानको आफूले संरक्षण गर्ने प्रतिवद्धता व्यक्त समेत गरेकि थिइन् ।
आफू राष्ट्रपतिमा निर्वाचित भएपछि राजनीतिक दलहरुवीच सहमति कायम गराएर राष्ट्रिय स्वार्थको रक्षा गर्नु नै आफ्नो दायित्व हुने पनि बताएकी छन् ।
त्यस्तै गरि उपराष्ट्रपतिमा एकिकृत नेकपा माओवादीका नेता नन्दकिसोर पुन पासाङलाई उपराष्ट्रपतिमा विजय हुने सम्भावना बढेको छ ।
Loading...
Social Buttons