Latest News

अन्ततः ओली प्रधानमन्त्रीमा पक्का, कुन-कुन पार्टीले गरे समर्थन ? (तालिका सहित)

कांग्रेस प्रतिपक्षमा बस्ने सम्भावना बढी

K-P-Oli-Banduk-Ko-Goli
काठमाडौं, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ ।
एमालेले एमाओवादी र राप्रपा नेपालको प्रष्ट समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको हो । अब संसदको ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने निश्चित भएको छ ।
व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । ओलीसँग प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा ओलीको प्रस्तावक रहेका छन् ।
कुन कुन दलको समर्थन ?
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न २९९ मत आवश्यक पर्छ । जसको लागि एमाओवादी र राप्रपा नेपाल र राप्रपाले मात्रै समर्थन गरे पुग्छ । यसका अतिरिक्त साना दलले पनि ओलीलाई समर्थन गरेका छन् ।
एमाले १८३– सीट
एमाओवादी ८३–सीट
राप्रपा नेपाल २५–सीट
राप्रपा ११–सीट
नेकपा माले ५–सीट
नेमकिपा ४–सीट
राष्ट्रिय जनमोर्चा ३–सीट
नेकपा संयुक्त ३–सीट
परिवार दल २–सीट
जनमुक्ति पार्टी लोकतान्त्रिक २–सीट
समाजवादी पार्टी १–सीट
मधेस समता पार्टी १–सीट
अखण्ड नेपाल पार्टी १ –सीट
नेपाली जनता दल १ –सीट
बहुजन समाज पार्टी १ –सीट
दलित जनजाति पार्टी १ –सीट

१२ दलको हस्ताक्षर
संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्दा ओलीको समर्थनमा एक स्वतन्त्रसहित १२ दलका नेताले हस्ताक्षर गरेर सहमति जनाएका छन् ।
ओलीलाई समर्थन जनाउनेहरुमा एमाओवादी र राप्रपा नेपालसहित नेकपा माले, राप्रपा, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टी, मधेस समता पार्टी, नेपा पार्टी, बहुजन समाज पार्टी लगायत छन् ।

बाह्र पार्टीका तर्फबाट सीपी मैनाली, चित्रबहादुर केसी, यशोदा लामा, विश्वेन्द्र पासवान, मेघराज नेपाली दुषाद, शिवलाल थापा लगायतले हस्ताक्षर गरेका छन् । स्वतन्त्र सभासद अत्तहर कमाल मुसलमानले पनि ओलीको पक्षमा हस्ताक्षर गरेका छन् ।
Loading...