Loading...
नेपाली सेनाले एकीकृत माओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति नबनाउन राजनीतिक नेतृत्वलाई दबाब दिएको छ ।
विगतमा सेनाविरुद्धको लडाईंको नेतृत्व गरेका व्यक्तिलाई उपराष्ट्रपति बनाउन नहुने तर्क सैनिक अधिकारीहरुको छ । पासाङ एमाओवादी लडाकुका तत्कालिन प्रमुख थिए ।
सोही कारण सैनिक नेतृत्व अहिले पनि पासाङप्रति रुष्ट छ । एकीकृत माओवादीले सोमबार पासाङलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उच्च स्रोतका अनुसार त्यसलगत्तै उनलाई रोक्न जंजी अड्डा सक्रिय भएको हो । सेनाले पासाङलाई उपराष्ट्रपति स्वीकार्न नसक्ने सन्देश प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित एमाले र एमाओवादी नेता तथा सबै सत्तारुढ घटकसम्म पु¥याएको छ ।
‘सेनाविरुद्ध जति पनि आक्रमण भए ती सबै पुनकै नेतृत्वमा भएका थिए’, सैनिक अधिकारीहरुको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले काठमाण्डु टुडेसँग भने, ‘त्यतिमात्र होइन उनले जंगीअड्डासहित सबै स्थानको सर्भे गरेका छन्, सबै ठाउँमा के कस्ता हतियार छन् भन्ने सम्म थाहा छ ।’
राष्ट्रपति मुलुकबाहिर गएका बेला कार्यबाहक राष्ट्रपति पासाङ हुने र त्यतिबेला सेनाले उनलाई संरक्षक मान्नुपर्दा नैतिक संकट आइपर्ने तर्क सैनिक नेतृत्वको छ ।
Loading...
Social Buttons