Loading...
ब्रिफकेस काण्डपछि सरुवा भएका खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज तानिए .
काठमाडौँ : चर्चित एसएसपी रमेश खरेलको काठमाडौँ सरुवा भएको छ । शुक्रबार नेपाल प्रहरीले ३५ एसएसपीको सरुवा गर्दा खरेललाई काठमाडौँ तानेको हो । जुन क्षेत्रमा पुगे पनि राम्रो काम गरेको चर्चा पाउने खरेलको सरुवा काठमाडौँ भएको हो ।
एक वर्ष अघि एआइजी बढुवामा ब्रिफकेश लेनदेन भएको सार्वजनिक अभिव्यक्ति दिएका खरेलको सरुवा भएको थियो ।ब्रिफकेस काण्डपछि आक्रोशित हुँदै गृहमन्त्री वामदेव गौतमले खरेललाई भरतपुर तालिम केन्द्रको प्रमुखमा सरुवा गरेका थिए।
Loading...
Social Buttons