Loading...
काठमाण्डु, ५ असोज– आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको यु–१६ च्याम्पियनसीप प्रतियोगितामा छनोट भएको नेपाली युवा टोली मंगलबार स्वदेश फर्किएको छ ।
किर्गिस्तानमा भएको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताका लागि छनोट भएको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष एवम् सभासद् गणेश थापा, एन्फाका पदाधिकारी र नेपाली फुटबलका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रतियोगितामा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । छ अङ्क नै जोडेको नेपाल हेड टु हेडका आधारमा पछि पर्दै समूहको उपविजेताका रूपमा छनोट भएको हो ।
Loading...
Social Buttons