Loading...
काठमाडौं, ८ असोज । देशभित्रका सामान्य राजनीतिक घटनामा समेत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने पुर्वराजा ज्ञानेन्द्र शाह यतिवेला भने मौन बसेका छन् ।
संविधानसभाबाट ऐतिहासिक संविधान जारि हुँदा, देशभित्र रहस्यमय तरिकाले अराजक गतिविधी भइरहँदा र छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा समेत पुर्वराजा मौन बसेका छन् । उनले नत संविधान जारी भएपछि कुनै आधिकारीक धारणा सार्वजनिक गरे नत तराईको आन्दोलनका पक्ष बिपक्षमा बोले ।
पछिल्लो समय भारत सरकारको हस्तक्षेपकारी भूमिकाप्रति भारतीय नेताहरुबाट विरोध हुँदासमेत पूर्वराजा मौन बसेका छन् । ‘यस्तो बेला औपचारिकरुपमै बोल्नु पर्ने हो’ पूर्वशाही पाश्र्वति टीका धमलाले भने ‘किन चुप लागेर बसीबक्सेको छ मैले पनि बुझन सकेको छैन ।’
नयाँ संविधानमा कुनै न कुनै प्रकारको भूमिका पाउने आश गरेका पूर्वराजा संविधान जारी भएपछि निराष छन् । नाति हृदयन्द्रलाई संबैधानिक राजा बनाउने कसरतमा जुटेका पूर्वराजाको योजना सफल नभएपछि उनी चुप लागेर बसेको अनुमान गरिएको छ ।
संविधानसभाबाट संविधान पारित भएको दोस्रो दिन आफु निकटका ब्यक्तिसँग छलफल गरेपनि त्यसपछिका दिनमा भने उनी चुप लागेर बसेका छन् । उनी चुप लागेर बस्नुलाई रहस्यमयरुपमा लिइएको छ ।

Social Buttons