Loading...
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दक्षिण छिमेकी भारतलाई नेपालको निर्णयमा हस्तक्षेप नगर्न भनेका छन् ।
बीसीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रलाई संविधान जारी भएपछि दिएको पहिलोअन्तर्वार्तामा उनले नेपाललाई ‘एसमेन’ नठान्न चेतावनी दिए ।

आफूले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीर्ला पनि ‘एसमेन’ ले भन्दा मित्रले भारतको हितमा काम गर्न सक्ने भन्दै ‘एसमेन’ नभई मित्रको व्यवहार गर्न आग्रह गरेको पनि प्रष्ट्याए । उनले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको तर, राजनीतिक सहमतिमा अब बन्ने सरकारलाई दिशानिर्देश गर्ने खालको राजनीतिक संयन्त्र बनाउने र त्यसको नेतृत्व लिने इच्छा व्यक्त गरे ।
संविधान जारी भएपछिको अवस्था, कार्यान्यवनको चुनौती र असन्तुष्टि सम्बोधनको विधिलगायत विषयमा मिश्रले प्रचण्डसँग गरेको कुराकानीको सम्पादित अंशः–
गणतन्त्र, संविधानसभाबाट संविधान, संघीयता र समावेशीजस्ता तपाईंका मुख्य उद्देश्यहरु हासिल गर्नुभयो । अब तपाईंको आकांक्षा के छ ?
जुन दिन संविधानसभाबाट संविधान पारित भयो । म आउँदै थिएँ । म धेरै भावुक पनि भएको थिएँ । केही दिनदेखि सेक्युरिटीले थ्रेट बढेको छ, तपाईं बाहिर यतायता नजानुस् भन्थे । म यहाँ (लाजिम्पाट) बाट बालुवाटार, सिंहदरबार अनि बानेश्वरभन्दा यताउति नजान सुरक्षा प्रमुखहरुदेखि लिएर मसँग बस्ने सेक्युरिटीको पनि आग्रह थियो । मैले यहाँ आएर सबैलाई राखेर भनें अब म मरे पनि केही फरक पर्दैन । त्यसकारण मेरो धेरै ठूलो आकांक्षा अब छैन । अब मरे पनि नेपालको इतिहास अगाडि बढ्यो, गणतन्त्र संस्थागत भयो भनें । उनीहरुले होइन सर, तपाईंले यो भन्न मिल्दैन । तपाईं त अझै बढी बाँच्नुपर्छ भने ।

तर, सैद्धान्तिक परिवर्तन पो भयो, देशको विकास त भएको छैन नि । तपाईंको मिसन पुरा भयो र ?
यो सैद्धान्तिक परिवर्तन या सम्बोधन जे भएको छ । यसको मक्सद भनेको देशको विकास नै हो । त्यो चाहिं तपाईंले भनेजस्तो म के मान्छु भने त्यो सिंगै बाँकी छ । तर यो एउटा पूर्वसर्त थियो ।

तपाईंले यो भन्दा अगाडि मैसँग कुरा गर्दा अझै सात/आठ वर्ष म मुलधारको राजनीतिमा हुन चाहन्छु भन्नुभएको थियो । अब सात/आठ वर्ष कुन रुपमा तपाईं बस्न चाहनुहुन्छ राजनीतिमा ?
तपाईंले ठीकै ठाउँमा प्रश्न गर्नुभयो । यद्यपि मैले अघि भनेकोसँग यसको तादात्म्य अलिकति फरक भएजस्तो देखिए पनि मलाई अहिले पनि लाग्छ म सात÷आठ वर्ष अझै पनि सक्रिय राजनीति गर्न पनि सक्छु र गर्न पनि पर्छ भन्ने मलाई आफ्नो ढंगले सोच्दा लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो । समावेशी, समानुपातिक थुप्रै आयोगहरु बनेका छन् । एकचोटि त्यो संरचनाहरु कार्यान्यवन गर्नुपर्छ ।

त्यो गर्नका लागि त तपाईं प्रधानमन्त्री नै बन्नुपर्छ ?
अब निर्वाचनसम्म जाने । अर्को नयाँ निर्वाचनद्वारा संघीयता, प्रदेशहरु र स्थानीय निकायहरु बन्ने । सबै संरचना पुरा भएर विकासको गतिलाई पनि तिव्रता दिनुपर्छ । तपाईंले जहाँनेर सोध्न खोज्नुभयो, प्रधानमन्त्री हुने या के गरेर गर्ने त भन्ने कुरा जहाँसम्म छ अहिले कुनै पद विल्कुल मेरो दिमागमा छैन ।

तपाईंले चाहेको सपना तपाईं बाहिरै बसेर राजनीति गरेर कार्यान्यवन त हुँदैन ?
एकदम ठीक भन्नुभयो । मैले आजै (सोमबार) मात्रै पनि मञ्चबाट अपिल गरें । प्रमुख शक्तिहरु मिलेर यो उपलब्धी हासिल भएको छ । यसलाई कार्यान्यवन गर्न र देशलाई विकासतिर लैजानको लाथि केही वर्ष हामी मिलेरै जानुपर्छ । अब हाम्रो पार्टी सरकारमा हुन्छ । म बढो प्रष्टसँग चाहन्छु हाम्रो पार्टी महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा हुन्छ ।

अब बन्ने सरकारमा तपाईंहरुको पनि सहभागिता हुन्छ ?
सहभागिता हुन्छ ।
सहभागिता हुन्छ ।
तपाईंहरु विपक्षमा बस्नु हुन्न ?
अहँ, हामी सरकारमा सहभागी नभइकन यो संविधान कार्यान्वयन पनि र आर्थिक विकासको सपना पनि पुरा गर्न सकिँदैन । त्यसकारण हामी सरकारमा हुन्छौं । सरकार सञ्चालनका निम्ति प्रमुख पार्टीहरुको संरचना हुन पनि जरुरी छ । जसले ‘पोलिटिकल्ली’ र मोरल हिसाबले सरकारलाई दिशा दिन मद्दत गर्न सक्छ । त्यस्तो संरचना सायद मेरो लागि ठीक हो कि भन्ने मलाई लाग्छ ।

भनेपछि बाबुरामजी एकीकृत माओवादीको अध्यक्ष बन्न खुब चाहिरहनुभएको छ भन्ने चर्चा त छँदैछ । तपाईं सात/आठ वर्ष राजनीतिमा सक्रिय रहने । त्यसमा पनि सरकारमा सहभागी हुने । फेरि प्रमुख नेताहरुको अर्को एउटा समूह बनाउने सरकारलाई सल्लाह सुझाव दिन । भनेपछि बाबुरामजीले अहिलेचाहिं अध्यक्षको अपेक्षा नगरे हुन्छ ?
हाम्रो पार्टीको केन्द्रीय समितिमा अब पार्टी कसरी लैजाने । ‘लिडरसिप’ को टिम कसरी बनाउने । ‘लिडरसिप’ हस्तान्तरण कसरी गर्ने भन्नेबारेमा मैले प्रस्ताव पेस गरेको छु । त्यसमाथि छलफल हुन बाँकी छ । म सक्रिय राजनीतिमा लाग्नको लागि पार्टीको अध्यक्ष भइनै राख्नुपर्छ भन्ने छैन ।

जवाफ दिनका लागि त भन्नु होला । तपाईं प्रधानमन्त्री भइसकेको मान्छे । पार्टी यत्रो समयसम्म हाँकेको मान्छे, पार्टीको अध्यक्ष नभए पनि म मुलधारको राजनीतिमा सक्रियतापूर्वक योगदान पु¥याउँछु भन्ने त अलि आदर्शवादी कुरा भएन र ?
कहिलेकाहीं के हुँदोरहेछ भने ‘लिडरसिप’ हरुले राम्रो काम गर्दै गए भने राष्ट्रको निम्ति, जनताको निम्ति र दुनियाँकै निम्ति पनि भने कहिलेकाहीं औपचारिक पद लिडरहरुका अगाडि साह्रै सानो लाग्ने ठाउँमा पनि पुग्न सक्दोरहेछ र लिडरहरु त्यो भन्दा धेरै माथि हुने पनि ठाउँ आउँदो रहेछ । हामीले विश्वमा धेरै त्यस्ता देख्छौं । एउटा वैचारिक ‘अथ्योरिटी’ भयो र पार्टीले त्यसखालको वातावरण बनायो भने अध्यक्ष पद मेरा निम्ति अब महत्वपूर्ण छैन ।

पत्याउन गाह्रो छ नि किन भने तपाईंहरुले हामी गान्धी हुने, मण्डेला हुने भनेकै हो । त्यसपछि सत्ताको संघर्ष गरेकै हो ? त्यसो हुनाले पत्याउन अलिकति गाह्रै होला नि ?
शान्तिप्रक्रिया र संविधान लेखन प्रक्रिया नेपालमा पछिल्लो चरणमा अगाडि आए । यी दुईवटै प्रक्रिया सफल नहुँदासम्म हामीले चाहेर पनि मण्डेला र गान्धी हुने स्थिति हुँदैनथ्यो । हामी त्यहाँ मुछिनै पथ्र्योे । तर मैले यसो भन्दै गर्दा छोडिनै हाल्छु भनेको पनि होइन ।

बाबुरामजीले संविधान घोषणा हुने दिन प्रष्ट शब्दमा के भने भने अब म सत्ताको खेलमा लाग्दिन । अब नयाँ शक्तिको गठनमा लाग्छु भने । तपाईंलाई पार्टी छाड्ने संकेत दिएका छन् उनले ?
त्यस्तो त हाम्रो कुराकानी भएको छैन । उहाँले नयाँ शक्तिको कुरा त धेरै पहिल्यैदेखि गरिराख्नुभएकै छ । पार्टी नै छाड्ने, सत्ताको खेलमा नलाग्ने भन्ने बाबुरामजीको मैले जे बुझें ३० वर्षदेखि बाबुरामजीसँग ३० वर्षदेखि भनेको २०४१ सालदेखि हामी सँगै छौं ।

त्यतिबेला तपाईं संविधानसभाको विरोध गर्नुहुन्थ्यो रे भनेर पनि लेखेका छन् उनले ?
उहाँको मनस्थिति अहिले के भएको हो । मसँग त केही कुरा पनि भएको छैन यो विषयमा ।
म संविधानसभाको विरोधी होइन । संविधानसभमा परिवर्तनकारीकै संविधानसभा । यथास्थितिवादी संविधानसभा मात्रै भनेर हुँदैन भन्ने मेरो बुझाइ थियो । मलाई लाग्छ त्यो बुझाई अहिले पनि सही हो ।

अरु विषयमा पनि निकै आलोचनात्मक रुपमा प्रस्तुत भएका हुनुभयो, त्यो पनि संविधान आउने दिनमा ?
यो चाहिं स्वाभाविक देखिँदैन । मलाई लाग्छ बाबुरामजीजस्तो ‘हाइट’ को नेताले संविधान घोषणा हुने बेलामा । उहाँलाई के भएको छ हामी बसेर छलफल गर्न पाएका छैनौं । उहाँको ‘हाइट’ को नेताले त्यस्तो लेख्नु, बोल्नु या यस्तो आचरण गर्नु मलाई लाग्दैन, स्वाभाविक छ ।

छोडेर जान खोजेर हो कि ?
त्यो कुरो त आउने दिनले प्रष्ट पार्ला । तर म के चाहन्छु भने छोडेर कहीं गएर बाबुरामजीको भलो हुँदैन । यो राष्ट्रको पनि भलो हुँदैन । हाम्रो पार्टीको पनि भलो हुँदैन । बाबुरामजीमा केही विशेषता छन् । तर फेरि म असाध्यै नजिक बसेको हुनाले बाबुराम धेरै जटिल मान्छे पनि हो । जसलाई मैले ३० वर्षदेखि झेलेको छु । अर्को कोही मेरोजति नजिक भएर एक वर्ष बसेको हेर्न मन छ मलाई ।

खुसियाली सभामा पनि उहाँ उपस्थित हुनुभएन ?
हु्नुभएन । उहाँ हुनुपथ्र्यो । नारायणकाजी पनि आउनुभएन कि भन्ने भएको थियो । उहाँ आउनुभएको रहेछ । अर्को दिर्घामा बस्नुभएको रहेछ ।

तपाईंले खुसीयाली सभामा बोल्दादेखि भारतलाई तिमिहरुले हाम्रो स्वतन्त्रताको सम्मान गर , अनि हामी तिमीहरुको स्वतन्त्रताको सम्मान गर्छु भन्नुभयो । प्रधानमन्त्री मोदीको विशेष दूत आएर भेट्दा के भन्नुभयो ?
दिल्ली जाँदाखेरि मैले त्यहाँका सबै नेताहरुसँग र प्रधानमन्त्री मोदीसँग पनि यो कुरा भनेको थिएँ । हामी असल मित्र हुन चाहन्छौं । तर हामीलाई तपाईंहरुले ‘एसमेन’ बनाउन खोज्नुभयो भने सरी त्यो सकिँदैन । हामीलाई हाम्रै राष्ट्रको बढी माया हुन्छ । तपाईंहरुलाई तपाईंकै राष्ट्रको बढी माया हुन्छ । मित्रले तपाईंको ‘कन्सर्न’ लाई सम्बोधन गर्न सक्छ । ‘एस मेन’ ले कहिल्यै पनि तपाईंको ‘कन्र्सन’ लाई सम्बोधन गर्न सक्दैन । यो कुरा मैले खुलेर भनेको कुरा हो ।

अस्ति मोदीको दूत आउँदा के भन्नुभयो ?
उहाँ निकै नै कडा रुपमा प्रस्तुत हुनुभएको थियो ।

के भने कडा रुपमा ?
कडा भनेको चाहिं के थियो भने तपाईंहरुले सबैलाई समेटेर संविधान घोषणा गर्नुभएन भने हामी समर्थन गर्दैनौं, गर्न सक्दैनौं । हामीले समर्थन नगरेपछि अरु दुनियाँले गरेर केही अर्थ हुँदैन भन्ने कुरा उहाँले गर्नुभयो ।

तपाईंले सोध्नुभएन तिमीहरुको देशमा संविधान आउँदा कति प्रतिशतले समर्थन गरेको थियो भनेर ?
मैले त्यसरी चाहिं प्रतिवाद गरिन । मैले के मात्रै भनें भने तपाईंले गम्भीर कुरा भन्नुभयो । यस्तो कुरा भन्न या त तपाईं १५ दिन अगाडि आउनुपथ्र्यो या १५ दिन पछि आएर भन्नुपथ्र्यो । अहिले आएको समय त्यति मिलेको लागेन भनेर प्रष्टसँग भनें । अरु प्रतिवाद धेरै गरिनँ ।

तपाईंले कुटनीतिमा सम्मानको कुरा गर्नुभयो । तर तपाईंले भारतीय दूतलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नुभयो ?
त्यस्तो त हाम्रो यहाँ बास्तवमा कसैले भनेन पनि । म, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुरामजी हुनुहुन्थ्यो । तर परराष्ट्रको राख्ने भन्ने चाहिं त हाम्रो झण्डैझण्डै त्यो परम्परा नभएजस्तै भएको छ ।

तर, तपाईं प्रधानमन्त्री भइसकेको मान्छे । तपाईंलाई थाहा हुनुपर्ने हो नि कुटनीतिमा यसरी विदेशी दूतसित भेट्दा या कुनै नेतासँग भेट्दा पहिला परराष्ट्रको पहिला ब्रिफिङ लिनुपर्छ र परराष्ट्रको प्रतिनिधि राख्नुपर्छ ?
तपाईंले जुन कुरा उठाइदिनुभयो । विल्कुल तपाईंको यो कुरा सही हो । अब संविधानसभाबाट संविधान घोषणा भएको, नयाँ प्रक्रिया सुरु भएको सन्दर्भमा यो ‘कोड अफ कन्डक्ट’ पालना हुनुपर्छ भन्ने म ठान्छु ।

तर अहिले नै एकजना दूतलाई भेट्दाखेरि भूतपूवर्तप्रधामनन्त्रीले कुटनीतिक मर्यादा पूर्णरुपमा पालना नगरेको, भनाइको मतलब तपाईंको सम्मान के हो भन्ने कुरा आफैंले कायम नगरेको परस्थितिमा भोलि चाहिं फेरि तपाईंहरुले त्यो मर्यादाको कायम गर्नुहोला र एकअर्काको सम्मान गर्नुहोला भनेर कसरी विश्वास गर्ने ?
मैले भनिहालें हामी एउटा युगबाट अर्को युगमा गएका छौं र हामीले हाम्रो परम्परा अथवा प्रचलनलाई बदल्नै पर्छ, हामीले एकअर्काको सम्मान गर्ने पद्धति बसाल्नैपर्छ ।
तराईमा निकै ठाउँहरुमा निकै विरोध भइराखेको छ । तराई केन्द्रित दलका नेताहरुले यो संविधान जलाउन पनि थालिसके । यो स्थितिमा भारतको पनि सहयोग नहुने देखियो तपाईंहरु कसरी यसलाई ह्याण्डल गर्नुहुन्छ ?
मैले आज (सोमबार) सम्बोधन गर्दा पनि भनें तराईमा थारुहरुको या आदिवासी जनजातिहरुका असन्तुष्टिलाई सम्बोधन गर्ने ठाउँ संविधानले दिएको छ । हामी प्रमुख राजनीतिक दलहरुले एउटा राजनीतिक प्रतिबद्धताको रुपमा पनि त्यसलाई स्पष्ट रुपमा सम्बोधन गर्ने संकल्प गरेका छौं । अहिले मधेस केन्द्रित दलका केही साथीहरुले जे भन्नुभएको छ । हाम्रो यो पुरा भएन, त्यो पुरा भएन । त्यो मात्रै पुरा नहुने होइन, प्राप्त भएका सबै उपलब्धि पनि गुम्न सक्ने खतरा पैदा भएको कुरामा उहाँहरुसँग पनि मैले पटकपटक कुरा गरेको छु ।

साँचो कुरा भनौं मधेस केन्द्रित दलका नेता साथीहरुले कोठामा एक्लै बसेर कुरा गर्दा उहाँहरुले बढ्नुस् तपाईं अगाडि, बनाउनुस् संविधान । हामीलाई त अहिले अप्ठेरो छ । अहिले जे बनाए पनि हामी समर्थन गर्न सक्दैनौं । हामीले समर्थन गर्दा हाम्रो त्यहाँ स्पेस घट्छ । एकदमै ‘एक्सट्रिम’ मा गएर बोल्नेहरु छन् । हामीले पनि तपाईंहरुले जस्तै गर्दा अप्ठेरो हुन्छ । त्यसकारण तपाईंहरु संविधान बनाउनुस्, हाम्रो अलिअली आलोचना रहन्छ । अन्ततः ठीकै हुन्छ भन्ने साथीहरु पनि हुनुहुन्छ ।
उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता नेताहरुले पनि त्यसो भने ?
त्यो नाम म अहिले लिन चाहन्न । त्यो भन्दा ‘मेचुअड’ नेताहरुले भन्नुहुन्छ हामीलाई ।

महन्थ ठाकुर ?
नाम नलिइदिनुस् न अहिले ‘प्लिज’ । त्यति भनेपछि तपाईंले बुझ्नुभयो । नाम लिइदिनुभयो भने अप्ठेरो हुन्छ नि । तर उहाँहरुका समस्या के छन् त भने त्यहाँ अर्का एकथरि ‘एक्सट्रिमिक्स’ खालका छन् नि । अलग्गै बनाउनुपर्छ भन्ने खालका कुरा गर्नेहरु पनि छन् । त्यहाँ भ्रम पर्ला भनेर उहाँहरु आफ्नो ‘पोलिटिकल स्पेस’ का निम्ति अहिले समर्थन गर्न गाह्रो परेको कुरा मैले पनि बुझेको कुरा हो ।

तराईमा पहिले पहिले धेरैले यो कुरा गर्दैनथे । आजभोलि विस्तारै कुरा हुन थालेको छ । निरन्तरको अस्थिरता र कसैकसैले अझ विखण्डनको कुरा पनि गर्न थालेका छन् । त्यो खतरा देख्नुभएको छ ?
म दुई/तीनवटा ‘प्वाइन्ट’ मा भन्न चाहन्छु यो कुरा । पक्कै पनि एकथरि तत्वहरु जसको मधेसी जनतामा कुनै प्रभाव पनि छैन । उनीहरु कहीं न कहीं तराईलाई विखण्डन गराउने सम्मका कुरा गरेर हिँडेका छन् । दोश्रो कुरा धमेसी जनता विखण्डनको पक्षमा छैनन् भन्ने कुरामा म धेरै गहिरो गरी विश्वास्त छु । मधेसी जनता हिजोदेखि (सात/आठ सालदेखि) थुप्रै क्रान्तिकारी खालका किसान संघर्षहरु, वर्ग संघर्षहरु गरेका जनता हुन् त्यहाँका र नेपाल राष्ट्रप्रतिको देशभक्ति भनौं न नेपालप्रतिको निष्ठा मधेसी जनताको धेरै माथि छ, दशकौंदेखि । त्यस कारण मधेसी जनतामा विखण्डनको कुनै प्रभाव पर्छ, साथ दिन्छन् भन्ने मलाई विल्कुल लाग्दैन । त्यसकारण मैले के भनें भने विखण्डनको कुरा गर्नेहरु मधेसी जनताका निम्ति आत्मघाती हुन् र त्यो राष्ट्रघात पनि हो ।

तर भारतले समस्या सिर्जना गरिदिने सम्भावना देख्नुभएको छ कि छैन सिमावर्ती क्षेत्रमा । किनभने जुन किसिमको चिसो प्रतिक्रिया दिइराखेको छ । त्यसबाट समस्या होला कि नहोला ?
म अलिकति चिन्तित त्यहाँनेर छु । नेपाली जनतालाई बढो गम्भीर र जिम्मेवारीपूर्वक भन्नुपर्छ भन्ने मलाई लाग्छ । अलिकति चिन्तित त्यहाँनेर छु म । अस्ति विदेश सचिव जयशंकर आउँदा एउटा विषयमा उहाँले खुला बोर्डर भएको हुनाले भारतलाई अप्ठेरो छ । बोर्डरमा हिंसाका गतिविधि भयो भने त्यसको असर यूपी, बिहारमा पर्छ । त्यसकारण हामीले चासो लिनुपर्छ भनेर उहाँले त्यसमा ‘फोकस’ गरिराख्नुभयो खुला बोर्डर, खुला बोर्डर भनेर । मैले एउटा शब्द भनेको थिएँ । तपाईंले बोर्डरको कुरा अली बढी त गर्नुभयो । त्यसको त एउटा कारण होला । तर बोर्डर होइन ‘ब्रोडर’ नेपालसँगको सम्बन्धलाई बढी हेर्नु उचित होला ।

सिमाको मात्र होइन बृहद् नेपालको हित र बृहद् नेपालसँग भारतको सम्बन्धलाई कसरी राम्रो बनाउने भन्ने कुराले दुवै देशको हितलाई बढी प्रतिनिधित्व गर्ला भनेर भनें । आज बिहान (सोमबार) मात्रै भारतीय राजदूत फेरि अपर्झट दिल्ली जाँदै हुनुहुन्छ रे भन्ने थाहा पाएपछि मैले राजदूतलाई तपाईं जाँदै हुनुहुन्छ भन्ने सु्नें, एक छिन म कुरा गर्न चाहन्छु भनेपछि उहाँ यहाँ आउनुभयो । मैले भनें कि मधेसमा जो समस्या भएको छ हामी वार्तामा ल्याउन तयार छौं । त्यसमा भारतले पनि सदभाव राखिदिनुपयो । मोदीजीले बोलाएर जाँदै हुनुहुन्छ भने प्रधानमन्त्री मोदीजीलाई मेरो यो कुरा राखिदिनुपयो कि हामी वार्ताद्वारा मधेसको, थारुको या तराईको समस्या समाधान गर्नमा केन्द्रित हुने अब छिट्टै ।
के भन्नुभयो उहाँले ?
उहाँले हुन्छ म यो कुरा भन्छु भन्नुभयो ।
उहाँले हुन्छ म यो कुरा भन्छु भन्नुभयो ।
प्रचण्डजी देशको मुल दस्तावेज परिवर्तन भयो । नक्सा परिर्वन भयो, तपाईंहरुजस्ता नेताको राजनीतिक संस्कार परिवर्तन हुने कहिले ?
मलाई लाग्छ मानिसहरु कमीकमजोरी बिहीन प्रकृतिले कसैलाई जन्माएको छैन । मानिस सिमा र कमजोरीसहितै आउँछ र उसले अनुभवबाट, सिमा र कमजोरीबाट शिक्षा लिएर अगाडि बढ्ने प्रयत्न गर्छ कि गर्दैन सबैभन्दा ठूलो कुरा त्यही हो ।

Social Buttons