Loading...
काठमाडौं, ७ साउन - एमाओवादी अध्यक्ष प्रचण्डले शुक्रबार साँझ व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश गर्दै वर्तमान सरकार अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित व्यवहार राख्न असफल भएको आरोप लगाए। उनले वर्तमान सरकारको चर्को आलोचना गर्दै ओली नेतृत्वको सरकारले मुलुकमो भूराजनीतिक अवस्थालाई बेवास्ता गर्दै पूजीपतीहरुले फैलाएको राष्ट्रवादलाई बढावा दिएको आरोप लगाए। स्ममणीय छ, माओवादी अध्यक्ष प्रचण्डको समर्थनमा ओली नेतृत्वमा नौ महिना अगाडि सरकार गठन भएको थियो।
ओली प्रधानमन्त्री बन्दा मुलुकमा भारतीय नाकाबन्दी र मधेस आन्दोलन उत्कर्षमा थियो। मधेसी मोर्चाको आन्दोलनको आवरणमा भारतले आफूलाई भनेको नमानी नेपालमा संविधान जारी भएको भन्दै नाकाबन्दी लगाएको थियो। प्रधानमन्त्री ओलीले भारतसँग नझुकी नाकाबन्दीको सामना गरेपछि भारतले बाध्यभएर अघोषित रुपमा नाकाबन्दी फिर्ता लिएको थियो भने मधेस आन्दोलनसमेत तुहिएको थियो। ओलीले भारतसँग नझुकी राष्ट्रियता बचाउनुका साथै चीनसँग ऐतिहासिक समझदारी गरेका थिए।
तर भारतीय नाकाबन्दीलाई बेवास्ता गर्दै ओली सरकारले राष्ट्रियताको रक्षा गरेकोप्रति संसद बैठकमा आक्रोशित देखिए। प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्ध बढाएकोप्रति दाहालले असन्तुष्टि जनाएका हुन्। ओलीले चीनसँग पारवहन सन्धि गर्दै पेट्रोलियम पदार्थ आयत गर्ने बाटो खोलेका थिए। आगामी असोजमा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण हुने तय भइसकेको थियो। यही कारणले भारतले सरकार ढाल्ने कसरत गरेको प्रधानमन्त्रीले बताउँदै आएका छन्।
‘हामी जुन भूराजनीति अवस्थामा छौं, दाहालले भने,‘हामीले अन्तर्राष्ट्रिय समुदायसँग, छिमेकी राष्ट्रसँग विशिष्ट सन्तुलन गरेर जानुपर्ने अवस्थाछ।’
प्रचण्डले संसदमा अविश्वासको प्रस्ताव पेश गरिसकेपछि संसदमा बोल्दै एमाले उपनेता एवं पूर्व सभमुख सुवासचन्द्र नेम्वाङले भारतीय नाकबन्दीको सामना गरेवापत संसदमा अविश्वासको प्रस्ताव पेश गरेको आरोप लगाए। उनले घुमाउरो भाषामा वर्तमान सरकार कसैको इसारामा गठन भएको बताए।
Loading...

Social Buttons