Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

कन्टेनरमा भेटियो पाँच अर्ब ७० करोड !! के को लागी आयो यत्रो रकम

याँदिल्ली: भारतको तमिलनाडु राज्यमा तीनवटा कन्टेनरमा ५ अर्ब ७० करोड भारतीय रुपैयाँ भेटिएको छ । १६ मेमा हुन लागेको विधानसभा चुनाव अगाडि प्रहरी अर्बौं रकम तीनवटा कन्टेनरमा फेला पारेको हो । 

तमिलनाडुको तिरुपुर जिल्लामा शनिवार निर्वाचन आयोगको टीमले तीन कन्टेनरमा करिब पाँच अर्ब ७० करोड रुपैयाँ नगद बरामद गरेको हो ।


समाचार अनुसार यो रकम विधानसभा चुनावका क्रममा प्रयोग गर्ने तयारी भएको थियो । तर निर्वाचन आयोगका तर्फबाट यसबारेमा अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याइएको छैन । 

जानकारी अनुसार शनिवार तडके निर्वाचन आयोगको विशेष टीमले तिरुपुर जिल्लास्थित चेङ्गापल्लीमा चेकजाँच गरिरहेको थियो । 

यस क्रममा ती तीनवटा कन्टेनर त्यहीँबाट जाँदैथिए । अधिकारीहरुले ती कन्टेनरलाई त्यहाँ रोकिन आदेश दिए । 

कन्टेनरका चालकहरुले रोकिनुको साटो तीब्र गतिमा भाग्ने कोशिस गरे । अधिकारी र प्रहरीको टीमले उनीहरुलाई पिछा गरेर निकै पर पुगेपछि पक्रन सफल भए । 

कन्टेनरका चालकहरुलाई निर्वचान आयोगका अधिकारीले नियन्त्रणमा लिएर सोधपुछ गरेका छन् । चालकहरुले यो रकम आन्ध्रप्रदेशबाट आफूहरुले ल्याएको बताएका थिए । उनीहरुले यो रकम एक बैंकको भएको जवाफ दिएका थिए । 

तर निर्वाचन अधिकारीहरुले यो रकमबारे कागजपत्र माग्दा चालकहरुले कुनै कागजात पेश गर्न सकेनन् । त्यसपछि तीनै कन्टेनरलाई नियन्त्रणमा लिइयो । 
समाचार अनुसार तमिलनाडुमा निर्वाचन आयोगले अहिलेसम्म एक सय करोड भारतीय रुपैयाँ जफत गरिसककेको छ । 

तमिलनाडुमा १६ मे मा विधानसभा चुनाव हुँदैछ । सन् २०११ मा एआईएडीएमकेकी जयललिता २३४ सिटमा १५० सिट जित्दै सत्तामा आएकी थिइन् । 

उनी अघिल्लो साल धेरै चर्चामा रहिन् । यहाँसम्म कि उनले कुर्सीमात्रै छाड्नुपरेन जेलको बास पनि बस्नुपर्यो । 

उनी जेलबाट छुटेर फेरि त्यहाँकी मूख्यमन्त्री बनिन् । यो पटक उनको भिडन्त करुणानिधिको पार्टी डीएमकेसँग भइरहेको छ।  डीएमकेले अघिल्लो विधानसभा चुनावमा २३ सिटमै सीमित हुनुपरेको थियो । 
Loading...