Loading...
आमा पनि यति निर्दयी हुँदिरहिछन्, जो आफ्नै सन्तानलाई भुइँमा पछारी-पछारी मार्छिन् ! रौतहटमा यस्तै अपत्यारिलो घटना भएको छ । सर्लाहीको बैरिया छोटौल गाविस घर भई रौतहटको पचरुखीस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीया सुतनी देवीले आफ्नै दुई वर्षीया छोरी रीनाको गएराति हत्या गरेकी छन् । सुतनी देवीले गंगापिपरा गाविस भवनको पछाडिपट्टी रहेको बाँसघारीमा लगेर छोरीलाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राति बासघाँरीमा बच्चा कराएको सुनेपछि स्थानीय बासिन्दा घटनास्थलमा पुग्दा आमाले नै छोरीलाई निर्ममतापूर्वक भुइँमा पछारी-पछारी मारेको देखे । स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय गंगापिपराले सुतनी देवीलाई बुधवार राति नै नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
छोरी खोज्दै बर्बराउँदै
स्थानीयका अनुसार सुतनीदेवीको मानसिक सन्तुलन ठीक थिएन । प्रहरीले पनि ति महिलाको मानसिक सन्तुलन ठीक नभएका कारण दुःखद घटना भएको बताएको छ । प्रहरी हिरासतमा रहेकी सुतनी देवी अहिले आफ्नी छोरी खोज्दै बर्बराउँछिन् ।‘प्रहरी नियन्त्रणमा रहेकी सुतनी देवी अहिले छोरी खोज्दै छे,’ उपरिक्षक रेग्मीले भने, ‘उनी मानसिक रुपमा निकै विक्षिप्त छिन् । छोरी खोज्दै बर्बराउँछिन् ।’
मानसिक सन्तुलन बिग्रिएकै कारण माइतीमा बसेकी सुतनी देवी बुधवार दिउँसो घरबाट बाहिर निस्कीएकी थिइन् । सुतनीदेवीका पिता भिखारी राय यादवले बुधवार छोरीको खोजतलास समेत गरेका थिए । तर, राति छोरीले नै नातिनीको हत्या गर्दै गरेको अबस्थामा फेला पारेपछि उनी शोकमा डुबेका छन् ।
Loading...

Social Buttons