Latest News

दाईको विहेबाट फर्केर हत्या, जन्ती बने हत्यारा !!!

Kanchanpur-Hatyakandaमहेन्द्रनगर, १८ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका ११ कलुवापुर बजारमा एक जना होटल व्यवसायीको घाँटी रेटेर हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
कलुवापुर बजारमा रहेको न्यू बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको आइतबार राति होटेलभित्र हत्या गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्या आरोपमा सोमबार पक्राउ परेका झलारी पिपलाडी नगरपालिकाका प्रदिप महरा, सुरज साउद, इन्द्रदेब भट्ट र कृष्ण सिह साउँदलाई सार्वजनिक गरेको हो । कालोपट्टीले मुख छोपेर उनीहरुलाई पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो । उनीहरुमा सुरज साउँद, इन्द्रदेब, कृष्ण सिह १८/१८ र प्रंदिप २१ वर्षका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले मदिरा सेवनपछि आवेगमा आएर चार जनाले अवस्थीको हत्या गरेको बताए । ‘रक्सी खाएपछि आवेगमा आएर हत्या गरिएको छ’ उनले भने ।
हत्याका आरोपी साउदका दाईको विवाहमा जन्ति बनेर बेल्डाँडी गएर राति फर्केपछि उनीहरुले अवस्थीको हत्या गरेको खुलेको छ । बेल्डाँडीबाट राति ११ फर्केका उनीहरुले एक घण्टापछि होटेलमा बसेर मृतक अवस्थीसंगै मदिरा सेवन गरेका थिए । त्यसअघि उनीहरुले विवाहमा चरेश सेवन गरेको अनुसन्धानमा खुलेको छ । प्रदिप महराले भर्जिन र अन्य तीनले भर्जिन, भोड्का र बियर समेत मिलाएर खाएका थिए । प्रहरीका अनुसार उनीहरुले मदिरा सेवन गरेको बिल एक हजार पाँच सय पुगेको थियो ।
होटल सञ्चालक अवस्थीले पैसा मागेपछि उनीहरुले थप सात ओटा फ्रुटी खाएको र त्यसपछि अवस्थी सुतेको पाइएको छ । अवस्थीले सुत्ने बेलामा पैसा माग्दै आमा भनेर गालीगरेपछि चक्कु प्रहार गरिएको पाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए । ‘सुत्ने बेलामा त्यति भनेपछि उनीहरुले आवेगमा आएर अवस्थीमाथि चक्कु प्रहार गरेको देखिएको छ’ उनले भने । प्रहरीका अनुसार झलारी पिपलाडीका ११ का प्रदिप महराले पहिला चक्कु प्रहार गरेको स्वीकारेका छन् ।
Kanchanpur-Hatyakanda-1
सोमबार बिहान ६ बजेतिर होटलमा दुध पुर्याउन गएका किसानले लामो समयसम्म ढोका ढकढक्याउँदा पनि सटर नखुलेपछि होटलको पछाडि गएका दुग्ध किसानले होटलको खुला रहेको ढोकाबाट भित्र जाँदा अवस्थीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले सुरुमा साउदलाई पक्राउ गरेपछि उनले दिएको जानकारीका आधारमा अन्यलाई भीमदत्त नगरपालिका ऐठपुरबाट पक्राउ गरिएको थियो ।
उनीहरुले अवस्थीको हत्यामा प्रयोग गरेको चक्कु सुनवरा नदीबाट बरामद गरिएको थियो । हत्या गरी भागेका उनीहरुले चक्कु र पर्सलाई सुनवरा नदीमा गाडेका थिए । कलुवापुर उत्तरको पिलहरी हुँदै तीन जना एेंठपुर आएका थिए ।
प्रहरीले तीनै जनामाथि कर्तव्य ज्यान र डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ । प्रहरी उपरीक्षक खनालले अदालतबाट म्याद थप गरेर पनि अनुसन्धान थालिने बताए 
Loading...