Loading...
मन्दिरको सपनालाई कसरी अर्थ्याउने?
मन्दिरको सपनालाई सही तरिकाले अर्थ्याउनको लागि, तपाईँको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ । तपाईँले कस्तो किसिमको मनोवैज्ञानिक अनुभवहरू भोगिराख्नुभएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ । यति बुझिसक्नुभएपछि मात्रै तपाईँले सही तरिकाले उक्त सपनालाई अर्थ्याउन सक्नुहुन्छ ।

मनको भार
साँच्चै भन्ने हो भने, मन्दिर भगवानहरूको घर हो र मानिसको मनको भार बिसाउने पवित्र ठाउँ हो । यो यस्तो ठाउँ हो जहाँ मानिसहरू आफ्ना प्रार्थना, प्रश्न अनि व्यग्रता पोख्ने गर्दछन् । जब दुःख कष्ट अनि अनिष्टले हाम्रो दिमागलाई घेर्न थाल्छ, तब मनलाई शान्त पार्न अनि एकछिनको लागि सबै कुराहरू भुलाउनको लागि हामी मन्दिर जाने गर्छौँ। कतिपय मानिसहरू त भगवानप्रति धन्य भएर पनि मन्दिर धाउने गर्दछन् । त्यसैले, ‘मन्दिर गएको’ सपना देख्नुभयो भने, तपाईँको मनले शान्त ठाउँ अनि पवित्र ठाउँ खोजिरहेको छ भनेर बुझ्न सकिन्छ । जहाँ कुनै किसिमको नकारात्मक भावनाले घेर्न सक्दैन ।

भाकल
कहिलेकाहिँ, मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेको छ भनेर पनि बुझ्न सकिन्छ । सपनामा मन्दिर देख्दा भगवानले तपाईँलाई दिनुभएको आशिर्वादको बदलामा ‘धन्यवाद’ दिन बाँकी छ भनेर पनि बुझ्न सकिन्छ। त्यसैले, आफ्ना अतीतलाई याद गर्नुहोस् । कतै तपाईँले मन्दिरमा गएर केहि कुराको ‘भाकल’ पो गर्नुभएको थियो कि ? यदि त्यस्तो बाँकी छ भने, कुनै बिलम्ब नगरी भाकल गरेको मन्दिर जानुहोस् अनि ऋण चुक्ता गर्नुहोस् ।

दिव्य आश्वासन
कहिलेकाहिँ, मन्दिरको सपना देख्दा तपाईँलाई कसैले संरक्षण गरिरहेको छ अथवा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भनेर पनि बुझ्न सकिन्छ । मनोवैज्ञानिक हिसाबले हेर्नुपर्दा, जब तपाईँ दुविधामा पर्नुहुन्छ अनि कसैको सहाराको आश गर्नुहुन्छ भने सपनामा मन्दिर देख्नुहुन्छ । यसको मतलब तपाईँलाई कसैले सुरक्षा दिएर राखिरहेको छ भन्न सकिन्छ र तपाईँले आफ्ना सबै पीर-चिन्तालाई भुलेर जीवनमा अगाडि बढ्न सक्नुहुन्छ । यदि तपाईँ धार्मिक हुनुहुन्छ अनि भगवानप्रति विश्वास गर्नुहुन्छ भने नजिकैको मन्दिरमा गएर भगवानको दर्शन गर्न पनि सक्नुहुन्छ, ताकी तपाईँको विश्वास अझ बलियो होस् ।

अन्त्यमाः
हुन त, यस्तो सपनाले कुनै ठोस अर्थ र व्याख्या बोकेको हुँदैन, तैपनि व्यक्तिगत परिस्थितिलाई ध्यानमा राखेर त्यसलाई बुझ्ने कोशिस गर्नु महत्वपूर्ण हुन आउँछ । आखिर सपना पनि त तपाईँकै मनको कुरा त हो । के थाहा त्यसलाई बुझ्दा कुनै एउटा ठूलो प्रश्नको उत्तर पो भेट्न सकिन्छ कि ? फेरि तपाईँ कत्तिको धार्मिक हुनुहुन्छ भन्ने कुराले पनि यस्तो सपनाको अर्थमा प्रभाव पर्दछ । यदि तपाईँ भगवानप्रति पुरा विश्वास गर्नुहुन्छ भने यस्तो सपना देखेको बेलामा तपाईँको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन् भनेर बुझ्दा तपाईँको अवचेतन मनले तपाईँलाई के भन्न खोजिरहेको छ भनेर बुझ्न पनि सकिन्छ । स्रोत: वीक्ली नेपाल

Social Buttons