Latest News

भुकम्प फेरी आउन सक्छ, भुकम्प बढ्न खोज्यो भने तल लेखे अनुसार गर्नुहुन अनुरोध छ !!!

-
घरमा हुनुहुन्छ भने तुरुन्त सम्हालिदै खुल्ला भागमा आउनुहोस, ठुला अपार्टमेन्टमा हुनुहुन्छ र तल आउन सम्भव छैन भने ढोकाको चौकोशको बीचमा बस्नुहोस..
- ठुला घर अपार्टमेन्ट बाहिर नबस्नुहोस...

- ठुला अपार्टमेन्ट को लिफ्टको प्रयोग नगर्नुहोस, सिढीको प्रयोग गर्नुहोस...
- घरको मेन स्विज़ बन्द गरेको राम्रो हो, सकिदैन भने कोठाको बत्ति ग्यास बन्द गर्नुहोस...
- घरको ढोका तथा झ्याल खुल्ला राख्नुहोस...
- घरको तला थप्न हतार गरेको देखिदै छ काठमान्डौमा, त्यो काम रोक्दा राम्रो...
- पैसा सुन लगाएतका बहुमुल्य कुरा घरमा राख्दै नराख्नुहोस, बैक र लकर प्रयोग गर्नुहोस..
- भुकम्पमा खुल्ला मैदान अति नै सुरक्षित ठाउ हो, यसको उपयोग गर्नुहोस..
- जो कोहिमा घबराहट, डर त्राश हुन जरुरि छैन, भाग्नु नै छ भने किन डराउदै भाग्नु, मज्जाले हास्दै भाग्नुहोस..
- गलत अफबाह नफ़ैलाउनुहोस, यो हुन्छ रे त्यो हुन्छ रे नभन्नुहोस, भुकम्पको बिसय अन्दाज लगाएर नबस्नुहोस...
- गित गाएर बस्नुहोस, जोक भनेर हसाउनुहोस, रमाउनुहोस, भुकम्पलाई हासेर टार्नुहोस...
- अस्तिको भुकम्पमा प्रयोग गरिएका त्रिपालहरु सुरक्षित ठाउमा राख्नुहोस, च्यातिएको छ भने अहिले नै टाल्नुहोस...
- भुकम्प पश्चात तपाइँ जहाँ हुनुन्छ त्यो वरिपरिको ठाउमा जे जे सेवा र सहयोग गर्नुपर्ने हो तपाई तुरुन्त पुग्नुहोस, तपाई ले सकेको जानेको सेवा र सहयोग गर्नुहोस...
- आफ्नो जीवन साथि संगै रहनुहोस, परिवार संगै रहनुहोस, एकअर्कामा प्रेम धेरै बढाउनुहोस..
- आफ्नो नानी बाबुहरुलाई आज देखि आफु भन्दा टाढा खेल्न नपठाउनुहोस...
__________________________________________________________
* उक्त समयमा जुनसुकै समस्या भएमा सम्भव छ भने ९८५११ ७७३२० (98511 77320) मा फोन या म्यासेज गर्न नभुल्नुहोस, निसुल्क सेवाको लागि हामी २४ घण्टा तयार छौ, उक्त समयमा फोन लागेन भने माथि लेखेको कुरा सम्झिरहनुहोला ...
___________________________________________________________
भुकम्पको सम्बन्धमा धेरै कुरा जान्नु छ हामीले, सम्भव छ भने स्कुल कलेज तथा अन्य स्थानमा आज देखि नै भुकम्पको जनचेतना फ़ैल्याउन थाल्नुहोस... हाम्रो सेवा र सहयोग आवस्यकता महसुस भएमा हामीलाई सम्झिनुहोस...
Loading...