Loading...
आजको पञ्चाङ्ग :
वि.सं. २०७२ माघ महिनाको १९ गते मङ्गलवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघकृष्ण पक्षको नवमी तिथि २१ः०० बजेसम्म उपरान्त दशमी तिथी । विशाखा नक्षत्र १३ बजेर ५५ मिनटसम्म उपरान्त अनुराधा नक्षत्र । बृद्धि योग २२ बजेर २० मिनटसम्म उपरान्त ध्रुव योग । आनन्दादि योगमा श्रीवत्स योग, तैतिल करण ०८ बजेर १३ मिनटसम्म उपरान्त गर करण । तदनुसार नेपालसंवत ११३६ पोहेलागा । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको २ तारिख ।
आजको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । चन्द्रमा लगाएतका ग्रहहरुको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र गर्न लागेको कार्यमा प्रभाव पार्ने देखिन्छ । समयको प्रतिकूलतालाई नबुझि अजबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहारविहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्नसक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्ग र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु हितकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक उपलब्धि तथा सांसारिक सुखकर रहनेछ । स्वास्थ्यमा आरोग्यता एवम् कान्ति बढ्ने छ भने शत्रुपक्ष कमजोर बन्ने छन् साथै विजय भइनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि योग देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । जागिर तथा नोकरीमा पनि सन्तुष्टि मिल्नेछ । सात अंक, सेतो रङ्ग र विपरित लिङ्गीसँगको सहकार्य वा समन्वय फापसिद्ध हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवम् सफल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी मिल्नेछ । आजको दिन व्यापार व्यवसायीको लागि बढी उपलब्धिकर हुनसक्ने छ भने खेलकुदकर्मीलाई पनि महत्त्वपूर्ण रहनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिलाई कुटनीतिक सम्मान गर्न जाने अप्रत्यक्ष रुपमा हुने छ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज अपेक्षित विषयमा नभए पनि अर्कोतर्फ काम बन्नसक्ने छ । गम्भीरताले विद्यार्थी वर्गले विद्यार्जनमा प्रगति गर्नसकिने छ । बिटमार्न अल्लि कठिन पर्नसक्ने ग्रहगोचरको प्रभाव भएकोले आवश्यकभन्दा बढी विषयमा प्रवेश नगरेको राम्रो हुनेछ । आज तपाईको व्यवहारमा आत्मप्रसंशाको मनोभाव झल्किन सक्नेछ र मुल्याङ्कनमा ह्रास आउनसक्ने छ, होसियारीले व्यवहार गर्नु उपयुक्त हुनेछ । अर्काको चियोचर्चामा भुल्दा आफ्नै कार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज यहाँको लागि पाँच अंक, रातो रङ्ग र गणेशस्तुति शुभ हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिस“ग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, बरु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । आज यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको लागि सात्त्विक आहारविहारमा रहेर हनुमान शक्ति जागरण गर्नु शुभ हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आज बहुआयामिक दिन रहेको छ । शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्ग फाप्नेछ भने गुरु गणपतिलाई खुशी बनाउनु हितकर हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आज अल्लि अलमले दिन रहनेछ । भरविश्वास गरिएको आफन्तबाटै धोखा हुनसक्ने सम्भावना देखिएकोले कसैबाट कुनै अपेक्षा नगर्दा नै सुख होला । वाक्दोषको योग समेत परेकोले आफ्नै वोलीवचनले दुख पाइनसक्छ, वाणीव्यवहारमा ख्याल गर्नुहोला । अल्लि राजसिक एवम् तामसिक आहारमा मन जानपनि सक्ने तथा धनोन्माद् बढ्ने र सञ्चित धनको अपव्यय गराउने कुरालाई पनि गोचरले संकेत गरेको छ । उत्तेजनात्मक स्वभावलाई संयम गर्नुपर्ला अन्यथा न्याउरीमारी पछुतो पर्नसक्ने छ । आज यहाँलाई दुई अङ्क, सेतो तथा रातो रङ्गको उपयोग र गणेश एवम् हनुमानवीरको श्रद्धाभक्ति शुभकर हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज समयले सुधारात्मक कोल्टे फेरेको छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना छ । नयाँकाममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र हनुमानदेवको दर्शन भक्तिले हित गर्ने छ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आजको दिन संघर्षप्रद छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषय मन आकर्षित हुनेछ । पारिवारिक आवश्यकताहरु पनि बृद्धि हुने र आर्थिक भार थेग्न हम्मेहम्मे पर्नेछ । आज मानसिक चञ्चलतालाई रोक्न धैर्य र संयम धारण गर्नु उपयुक्त हुनेछ । प्रतिकूलता हटाउन कुमारीदेवीको भक्तिभावले मद्दत दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्ग हितकर हुनेछ भने असहाय क्षेत्रमा दानदिनाले खर्चयोगको दोषलाई न्यूनिकरण गर्नेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि आज आयप्रद दिन देखिएको छ । तथापि जोड गरेको कार्यमा अदृष्य रोकावट आउनसक्ने छ । जसको निवारणको लागि गुरु बृहस्पति एवम् भैरवदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । व्यवसायिक क्षेत्रबाट ठिकै अर्थोपार्जन गर्नसकिनेछ । आफन्तीजनसँग भेट्घाट हुने र औपचारिकता निभाउन पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । महत्त्वाकांक्षी आश्वासन पनि मिल्न सक्नेछ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । लक्ष्मीको सेवाश्रद्धाले थप कृपा प्राप्त हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ, अपेक्षित उपलब्धिको लागि हृदयदेखि नै हनुमानदेवको श्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आज अबरोध तथा अल्मलको बाबजुत पनि दिनलाई अनुकूल मान्न सकिन्छ । आध्यात्मिक सत्चिन्तन्को वातावरण बन्ने एवम् धार्मिक पक्षप्रति पलाएको नकारात्मक सो“च हटाउने अवसर मिल्ने छ । अपयशजन्य स्थितिलाई सामना गरी परास्त गर्नसकिने छ । रोकिएर रहेका काम अघि बढ्ने र पेशा तथा व्यवसायबाट लाभ हातपर्ने छ । औपचारिक कार्यमा संलग्न हुनपाइने छ । विरोधीपक्षसँग पनि समन्वय गर्न सकिने गोचर प्रतित भइरहेको देखिन्छ । आज यहाँलाई नौ अङ्ग, पहेंलो तथा रातो रङ्ग र गुरुगणेशको स्तुति शुभकर हुनेछ ।
Loading...

Social Buttons