Latest News

बंगलादेशसँग किन हार्यो नेपाल ? यी हुन् मुख्य पाँच कारण

u-19काठमाडौँ, २२ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको मिरपुरस्थित शेर बङ्गला राष्ट्रिय रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा नेपाल जित्दा जित्दै पनि अन्तिममा आएर बंगलादेशसँग ६ विकेटले पराजित हुनपुग्यो । यो हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सपना भने चकनाचुर भएको छ ।
१६ वर्षको लामो समयपछि क्वाटरफाइनलमा पुगेको नेपालको अघिल्लो चरणमा पुग्ने सपना यसपटक पनि तुहिएको हो । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेला क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
यद्यपी खेलमा नेपाली खेलाडीले प्रशंसनीय योग्य प्रदर्शन गरेका थिए । व्याटिङ र बलिङमा नेपालले निकै मेहनतका साथ गरेको प्रदर्शनले १६ वर्षपछि विश्वको ध्यान तानेको छ । र धेरै नेपालको प्रशंसा गरेका छन् ।
नेपाल हार्नुका पाँच कारणः
१) चार खेलाडी रनआउट विकेट बन्नु
प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेको नेपालका लागि पराजय सबैभन्दा ठूलो कारण बन्यो दयनीय ‘रनिङ बिट्विन द विकेट’ अर्थात विकेटबीचको तालमेल कमजोर हुनु । विकेटमा दौडिने क्रममा दुई ब्याट्सम्यानबीच तालमेल नमिल्दा नेपालका चार महत्वपूर्ण विकेट गुमे ।

२) चुस्त फिल्डिङ नहुनु
हालसम्मका रेकर्डअनुसार नेपाली खेलाडीहरु व्याटिङमा भन्दा पनि बलिङ र फिल्डङमा चुस्त हुने देखिएको छ । तर, बंगलादेशसँगको खेलमा नेपालको फिल्डिङ कमजोर बन्यो । थुप्रै मिसफिल्डिङ र ड्रप क्याच देखियो ।

३) फास्ट बलिङ नहुनु
बंगलादेशविरुद्ध उत्रेको नेपालको ११ सदस्यीय टोलीमा एकजना पनि विशेषज्ञ फास्ट बलर थिएनन् । नेपालसँग स्तरीय फास्ट बलर नहुँदा पनि आजको बलिङ निकै कमजोर बन्यो । जसका कारण स्कोर बंगलादेशको पोल्टामा पर्यो ।

४) बंगलादेशको घरेलु मैदान
खेल होस अथवा व्यापार, सम्मेलन जुनसुकै कार्यक्रममा सफल हुनका लागि घरेलु मैदान को ठूलो असर हुन्छ । आफूले लगातार खेल्दै आएको पिचमा खेलाडी पहिल्यैदेखि अभ्यस्त हुन्छन् । गृह मैदानमा आफूभन्दा कमजोर टोलीविरुद्धको खेलका लागि बंगलादेशको मनोबल उच्च थियो । त्यही मनोबलले गर्दा बलिङ र ब्याटिङ दुवैमा उनीहरूले कठिन अवस्थाबाट ‘कम ब्याक’ गर्न सफल भए ।

५) खेलाडी परिचालनमा कप्तानको कमजोरीः
बंगलादेशविरुद्धको खेलमा हार्नुको अर्काे मुख्य कारण खेलाडी परिचालन पनि हो । खासगरी बलिङमा कप्तान राजु रिजालको छनोट र परिचालन महंगो सावित भयो । नेपालले जित्न सक्ने वातावरण बनिसकेको बेला बलर परिचालनमा गम्भीर त्रुटी गरेपछि नेपालले अप्रत्यासित हार व्यहोर्नुपर्यो । नेपाले बलिङ गरेका ४८ ओभरमध्ये ३६ ओभर स्पिनरले फ्याँकेका थिए । लगातार स्पिनरले गरेको बलिङ एकतमासको हुन गयो र बंगलादेशी ब्याट्सम्यान अभ्यस्त भए । मध्यम गतिका बलर आरिफ सेखले किफायती बलिङ गरेका थिए । तर, उनलाई पाँच ओभर मात्र बलिङ गराएर अर्का मिडियम पेसर दीपेन्द्र ऐरीलाई कप्तानले सात ओभर दिए । दीपेन्द्र महँगा साबित भए ।
कति थियो नेपाल र बंगलादेशको स्कोर ?
प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले नेपालको चुनौतीलाई १० बल बाँकी छँदै पूरा ग¥यो । बङ्गलादेशले खेलको ४८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदैँ नेपालको चुनौतीलाई पूरा गरेको हो । जितसँगै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशको ब्याट्सम्यान जाकिर हसनले सर्वा्धिक ७५ रनको योगदान दिए । ७७ बल खेलेका जाकिरले पाँच चौका र एक छक्काको सहयोगमा ७५ रन जोडेका हुन् । त्यस्तै, मेहेदिय हसन मिराजले ५५, जोयराज शेक ३८, पिनक घोष ३२, नजमल हुसेन सान्टो ८ तथा सैफ सहनले ५ रन जोडे ।
सुरुवाती ब्याट्स्म्यानलाई गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान राजु रिजाल र आरिफ शेखले केही उकासेतापनि त्यसले प्रतियोगितामा सुखद सुरुवात भने गर्न सकेन । प्रतियोगितामा रिजाल र शेख दुबै मिलेर चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।
प्रतियोगितामा कप्तान रिजालले ७२ रनको योगदान दिएका थिए । ८० बल खेलेका उनले आठ चौका र एक छक्काको मद्दतमा ७२ रन जोडे । त्यस्तै, सुनिल धमला २५, शेखले २१, कुशल भुर्तेल १४, सन्दिप सुनार ७ तथा योगेन्द्र सिंह कार्कीले १ रन जोडेका थिए ।
त्यसैगरी, बलिङ तर्फ भने नेपालका सुनिल धमलाले दुई विकेट तथा सन्दिप लामिछानेले एक विकेट लिए । अर्को विकेट भने सुशील कँडेलले रन आउट गरेका थिए ।
Loading...