Latest News

सीके राउतका पाँच नेता सिरहामा पक्राउ !!!

सन्तोष कुमार
सिरहा, १८ पुस । सिरहाको कटहाबाट प्रहरीले आज डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका पाँच नेतालाई पक्राउ गरेको छ ।

गठबन्धनका केन्द्रिय सदस्य विष्णु चौधरी, नेताहरु सुदिप कुशवाहा लगायतका पाँच नेता पक्राउ परेका हुन् । मधेस देश निर्माणका लागि कटहामा जनतासँग अन्तरक्रिया कार्यक्रम गर्न लागेको उनीहरुलाई ईलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको छ ।
मधेस देश निर्माण गर्न मधेसका जिल्लाहरुमा सेना जस्तै राउतका नेतृत्वको गठबन्धनले यूवाहरुलाई मार्चपास तालिम दिइरहेको समाचार विभिन्न मिडियामा सार्वजनिक भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ ।
Loading...