Latest News

प्रचण्डले गरे नेपाल निल्न भारतले बनाएको तीन रणनीतिको सनसनी खुलासा !!!

काठमाण्डु, २१ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण छिमेकी भारत नेपालको केही भूभाग खोस्न राजनीतिक र फौजी दुवै रणनीतिका साथ अघि बढेको दाबी गरेका छन् ।

लाजिम्पाटस्थित निवासमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई ‘पोलिटिकल विङ’ र सिके राउत र जयकृष्ण गोइतलाई ‘मिलिटरी विङ’ का रुपमा प्रयोग गरेको बताए ।
\भारतले मधेसमा सिक्किम, इष्ट पाकिस्तान वा क्रिमियामध्ये कुनै एक मोडल अपनाउन खोजेको उनको भनाइ थियो । ‘भारत मधेसका आठ जिल्लालाई सिक्किम, इष्ट पाकिस्तान वा क्रिमिया बनाउने रणनीतिका साथ आएको छ’, उनले भने, ‘पोलिटिकल विङ’ का रुपमा महन्थ र उपेन्द्रलाई अनि मिलिटरी विङका रुपमा सिके राउत र गोइतलाई प्रयोग गरिरहेको छ ।’
मधेसको नेतृत्व लामो समयदेखि कम्युनिष्ट शक्तिले गर्दै आएकामा त्यसबाट खोसेर सामान्त र दलाल वर्गको हातमा नेतृत्व लैजाने भारतीय द्येय रहेको उनले बताए ।
प्रचण्डले नेपालमा नाकाबन्दी गरेर भारतले संसारभर बदनामी कमाएकाले संविधान संशोधन भएलगत्तै नाकाबन्दी खुल्ने उल्लेख गरे । नेपालमाथि नाकाबन्दी लगाएका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक ग्राफ बाहिर मात्र नभएर भारतमा समेत झरेको उनको भनाइ छ ।
‘नाकाबन्दी नखुल्दा हामीलाई दुःख त भएको छ’, प्रचण्डले भने, ‘तर भारतको संसारभर बदनामी भएको छ, मोदीको ग्राफ निकै तल झरेको छ ।’
Loading...