Loading...
काठमाण्डु टुडेसँग कुराकानी गर्दै एसपी लम्सालले भने, ‘आइसियूमा चाहीँ हुनुहुन्छ, तर अवस्था सामान्य छ उहाँको । पार्टीका कार्यकर्ताहरुसँग राजनीतिका कुराकानी गर्ने, सामान्य दालभात खाने जस्ता नियमित काम गरिरहुन भएको छ । अवस्था गम्भीर हुँदै होइन ।’
अवस्था सामान्य भए पनि आईसियूमा किन राखिएको हो भन्ने विषयमा आफूले भन्न नसक्ने एसपी लम्सालले बताए । अध्यक्ष महतोको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
अवस्था सामान्य भए पनि आईसियूमा किन राखिएको हो भन्ने विषयमा आफूले भन्न नसक्ने एसपी लम्सालले बताए । अध्यक्ष महतोको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको लाठीले लागेर महतो घाइते भएको कुरा गलत भएको एसपी लम्सालले बताए । उनले भने, ‘पारिबाट हानेको ढुंगाले लागेर महतो घाइते हुनु भएको हो । प्रहरीले त उहाँलाई जोगाउन खोजेको थियो ।’
भिडियोमा त प्रहरीले नै लाठी हाने जस्तो देखिन्छ नी ! भन्ने प्रश्नमा एसपी लम्सालले भने, ‘हेर्नुहोस् न भिडियो, लाठी हाने जस्तो देखिनुको मतलव हिर्र्काएकै भन्ने हुुँदैन । अरुलाई लखटेर प्रहरीले उहाँलाई जोगाउँदाको भिडियो हो त्यो ।’

शनिबार राजेन्द्र महतो नेतृत्वको टोली भारतबाट नाराजुलुश लगाउँदै नेपाल प्रवेश गरेको थियो । टोलीले नाकामा धर्ना दिन थालेपछि प्रहरीले धर्ना नबस्न आग्रह गर्यो । तर महतोको टोलीले मानेन । प्रहरी र महतोबीच भनाभन भइरहँदा मधेसी मोर्चाका कार्यकर्ताले होहल्ला गर्न थाले । एसपी लम्सालले भने, ‘भन्सारका सामान फुटाउने, कागजपत्र च्यात्ने जस्ता काम हुन थालेपछि प्रहरीले बल प्रयोग गर्यो । त्यसपछि मोर्चाका कार्यकर्ताले पारि र वारि दुवैतिरबाट ढुंगा हान्न थाले । त्यही बेला महतोलाई ढुंगाले लागेको हो ।’
महतोलाई चोट लागेपछि राजनीतिकवृत्तमा रामैैै्र चर्चा भइरहेको छ । तर यसबारे आफूलाई मतलव नभएको एसपी लम्सालले बताए । उनले भने, ‘मलाई यसबारे थाहा छैन, मसँग कसैले सोधपुछ पनि गरेको छैन ।’
गृहमन्त्रीले सोध्नु भयो कि भन्ने प्रश्नमा उनले भने, ‘घटनाबारे हाम्रो च्यानलमा खबर गरिसकेका छौं, गृहमन्त्रीले मलाई सोधिरहनु पर्ने के होला र ?’
Loading...
Social Buttons