Latest News

नाकाबन्दीपछि सबैभन्दा धेरै इन्धन आज नेपाल आयो

काठमाण्डु, १४ पुस– भारतीय नाकाबन्दीपछि मंगलबार भारतबाट सबैभन्दा धेरै इन्धन नेपाल भित्रिएका छन् ।
nakabandi
भैरहवा नाकाबाट मात्र ७९ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । बेलहिया भन्सार कार्यालयका अधिकृत रवीन्द्र प्याकुरेलले ७२ इन्धनका ट्यांकर र ७ वटा ग्यास बुलेट नेपाल भित्रिएको जानकारी दिए ।
मंगलबार मात्र २ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिएको उनले बताए । उता नेपालगञ्जको जमुनाहा नाकाबाट ५५ ट्यांकर नेपाल भित्रिएको छ ।
उक्त नाकाबाट ४० ट्यांकर, ७ ट्यांकर पेट्रोल, ५ हवाई इन्धन र ३ ट्यांकर मट्टितेल नेपाल भित्रिएको छ । उता गौरीफन्टा नाकाबाट ३४ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल र २ वटा हवाई इन्धन नेपाल आएको छ ।
उता काँकडभिट्टाको मेची भन्सार नाकाबाट १५ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र १ ट्यांकर मट्टिेतेल भित्रिएको छ । विराटनगरको रानी भन्सार नाकाबाट डिजेलका १० वटा गाडी र तीन बुलेट ग्यास नेपाल आएको छ ।
Loading...