Latest News

डान्स सिकाउने भन्दै ; बालिका बन्धक बनाउने दुई मोडल राजधानीमा पक्राउ

models-arrestकाठमाडौं । बालिका बन्धक बनाएको आरोपमा प्रहरीले दुई मोडललाई राजधानीमा पक्राउ गरेको छ ।
डान्स सिकाउने भन्दै तीन बालिकालाई तीन सातासम्म बन्धक बनाएको आरोपमा प्रहरीले मंगलबार नुवाकोट टाउछेकी रोजी लामा र गुल्मी रुरु घर भएकी पार्वती थापामगरलाई माछापोखरीबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार उनीहरुले नुवाकोटकी १२ वर्षिया निर्मला तामाङ, १३ वर्षिया प्रनिशा तामाङ र १५ वर्षिया अनुशा नगरकोटीलाई माछापोखरीस्थित आफ्नै डेरामा १९ दिनदेखि बन्धक बनाएर राखेका थिए ।
अभिभावकको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी तीन बालिकालाई उद्धार गरिएको डिएसपी विमलराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुबै युवतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
मोडलिङ क्षेत्रमा आबद्ध दुवै युवती विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा डान्सरका रुपमा काम गर्दै आएका छन् ।
यस्तो छ घटना विवरण
घुमाउन लैजाने भनेर १९ दिनपहिले उनीहरुले बालिकाहरुलाई काठमाडौं ल्याएका थिए । काठमाडौं ल्याएर माछापोखरीस्थित आफ्नो कोठामा लगेर राखे । त्यसपछि डान्स सिकाउने भन्दै उनीहरु कोठामै बन्धक बनाइयो ।

१८ दिनसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीमा उजुरी दिए । प्रहरीले उनीहरुको डेरा पत्ता लगाई छापा हान्यो । र दुबै युवतीलाई पक्रेर बालिकालाई मुक्त गर्यो । पक्राउ परेकी रोजीका श्रीमान भारतमा छन् । त्यसकारण उनीहरुलाई डान्स सिकाउने भन्दै भारतमा लगेर बिक्रि गर्न लागिएको प्रहरीको आशंका छन् ।
Loading...