Loading...
जेन्सी– भारतको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी एयर इन्डियाको जहाजलाई अपरहणको धम्की आएको छ ।
एयर इन्डिया मातहातमा रहेको २८ नम्बरको जहाजलाई तोकेरै अपहरण गर्ने धम्की आएपछि भारतमा खैलाबैलासमेत मच्चिएको सञ्चारमाध्यामहरुले बताएका छन् ।
फोनमार्फत आएको सो धम्की दिने व्यक्ति पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग सम्बद्ध भएको एयर इन्डिया श्रोतले बताएको छ ।
एयर इन्डियाका प्रवक्ताले भनेका छन् : ‘एयर इन्डियाको फोनमा कल गरेर धम्की दिने सो व्यक्तिले आफु आईएसआईको एजेन्ट भएको बताएको छ । उसले एयर इन्डियाको २८ नम्बरको विमान अपरहण गर्ने धम्की दियो ।’
पेरिसमा भएको आतंकवादी हमलापछि भारत पनि असुरिक्षत भएको भन्दै सो धम्की पश्चात भारतमा सुरक्षा सतर्कता बढाइएको नवभारत टाइम्सले लेखेको छ
Loading...
Social Buttons