Latest News

चीन जोड्ने सडक बनाउने जिम्मा सेनालाई, दुई वर्षमा निर्माण सक्ने लक्ष्य

Army१५ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीका कारण अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएपछि सरकारले सक्दो छिटो चीनसँगको नाका रसुवागढीसम्मको सडक विस्तार गर्न विद्यमान ऐननियम निलम्बन गरी सेनालाई जिम्मा दिने निर्णय गरेको छ।
सरकारले नेपाली सेनालाई डेढ वर्षभित्र वेत्रावतीदेखि रसुवागढीसम्मको ट्र्याक खोल्न जिम्मा दिन लागेको हो। त्यसपछि कालोपत्रे गर्ने काम भने सडक विभागले गर्ने भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहित विभिन्न ६ मन्त्रालयका सचिव र विभागीय प्रमुख सम्मिलित बैठकले आगामी दुई वर्षभित्र धादिङको गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर सडक दुई लेनको कालोपत्रेमा स्तरोन्नति गर्ने निर्णय सोमबार गरेको हो।
सरकारले द्रूत गतिमा सडक निर्माणकार्य पूरा गर्न आवश्यक बजेटको बन्दोबस्त गर्ने अर्थमन्त्री पौडेलले बताए। ‘डबल लेनको सडक निर्माणका लागि हामी सबै प्रतिबद्ध छौं’, पौडेलले भने ।
Loading...