Latest News

राष्ट्रपति भण्डारीलाई अनेक आरोपहरु लागीरहेको खुलासा भई भाइरल


काठमाडौं,नवनिर्वाचित राष्ट्रपति विद्यालाई बधाई र शुभकामनाका शब्दहरु बर्सिरहेका बेला त्यसकैअनुपातमा उनीमाथि विगतले पोतेका गालीहरु पनि छिपेको छैन ।केही जमात त उनलाई बधाईसमेत दिन तयार छैनन् । केही नारीले नै उनलाई ‘नारीको नाममा कलंक’को संज्ञा दिएका छन् । सद्भावना नेतृ सरिता गिरीले केही दिनअघि भण्डारीलाई राष्ट्रपति बनाउन नहुने तर्क गरेकी थिइन् । सामाजिक सञ्जाल मार्फत नै गिरीले भण्डारी महिला अधिकारविरोधी भएको दाबी गरेकी थिइन् । नवनिर्वाचत राष्ट्रपति विद्यामाथि लागेका आरोपहरु यस्ता छन्
 आरोप १: दासढुङ्गा प्रकरणको दोषी पत्ता लगाउन ठोस पहल नगरेको २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्मय जीप दुर्घटनामा मृत्यु भयो । तत्कालीन राजनीतिमा निकै प्रखर तथा प्रभावशाली भण्डारी विद्याकै श्रीमान हुन् । घटनापछि एमाले पटक-पटक सरकारमा गइसकेको छ । तर सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउनेगरी कुनै औपचारिक प्रयासनै गरेको छैन । भण्डारीकी पत्नी विद्या आफैँ पनि पटक-पटक सरकारमा गइसकेकी व्यक्ति हुन् । एमाले वरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकारमा भण्डारीले रक्षा मन्त्रालयसमेत सम्हालीसकेकी छिन् । तर उनै भण्डारीले आफ्नै पतिको रहस्यमय मृत्यु भएको घटनाबारे कुनै खोजबीन नगरेको एमाले कार्यकर्ताहरु नै आरोप लगाउने गर्छन् ।
  आरोप २ : महिला अधिकार विरोधी उनलाई महिला अधिकार विरोधी नेताको रुपमा महिला अधिकारवादीहरुले नै आरोप लगाउँछन् । केहीवर्ष अघि राजधानीमा आयोजित एक कार्यक्रममा भण्डारीले भनेकी थिइन्, ‘महिलाका लागि धेरै संवैधानिक व्यवस्था भएका छन्, तर पनि महिला आन्दोलनकारीहरु यसो र उसो भनेर कराईरहेका छन्,’ उनले थपेकी थिइन्, ‘मलाई त्योचाहिँ मन परेको छैन ।’ उक्त भनाईको महिला अधिकारवादीहरुले निकै विरोध गरेका थिए । भण्डारीले त्यतिबेला भनेकी थिइन्, ‘हामीले मानेपनि नमानेपनि पूर्वीय संस्कार र संस्कृतिमा महिला पुरुषप्रति नै सम्पूर्णरुपमा समर्पित हुन्छिन् यो विभेदकारी व्यवस्था भएपनि समाज यसैगरी चलिएको छ ।’ यहि भनाईलाई आधारबनाएर अधिकांश महिलाअधिकारवादीले उनलाई महिला अधिकारविरोधीको आरोप लगाएका थिए । यद्यपी उनी महिला अधिकारविरोधी भएपनि सोही महिला अधिकारवादी आन्दोलनले उनलाई राष्ट्रपतिको कुर्सीमा आसन गराएको छ । केही महिला अधिकारवादीले उनी महिला अधिकारविरोधी भएपनि नेपालको सर्वोच्च निकायमा महिलाको प्रतिनिधित्व भएकाले खुसी हुनुपर्ने धारणा राखेका छन् । ‘उनी महिला विरोधी हुन्,’ लेखक मन्जुश्री थापाले केही दिनअघि ट्विट गरेकी थिइन्, ‘कोहीपनि नहुनुभन्दा प्रतिनिधित्व हुनु राम्रो कुरा हो । ’ राष्ट्रपतिमा निर्वाचित भएपछि उनलाई महिला अधिकारविरोधी भएका कारण महिलाहरुले नै आलोचना गरेको उल्लेख गरेको थियो । महिला अधिकारवादी आन्दोलनको अभियान्ता भएको बताएको छ । चाइना डेल्लीले नेपालमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन क्रियाशील भएर लागि परेको उल्लेख गरेको छ ।
 आरोप ३ : बलात्कारी सेनाबारे विवादास्पद् अभिव्यक्ति २०६६ साल फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जका सेनाले एकै परिवारका ३ जनामाथि बलात्कार गरि हत्या गरेको खबर आयो । १२ वर्षीय चन्द्रकला विक र उनकै आमा दविसारा विक तथा कान्छी आमा अमृता विकलाई सेनाले बलात्कारपछि विभत्स हत्या गरेको सार्वजनिक भयो । त्यतिबेला माधव नेपाल नेतृत्वको सरकार थियो । वर्तमान राष्ट्रपति विद्या भण्डारी रक्षा मन्त्री थिइन् । घटनाको छाबिन गरि दोषीमाथि कारबाही गर्न संसदमा कुरो उठ्यो । तर उनले व्यवस्थापिका संसदमा सो घटनामा मुठभेडमा सिकारी मारिएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । ‘चोरी शिकारीमा संलग्नहरु मुठभेडमा मारिएका हुन्,’ उनले संसदमा जवाफ दिनेबेला भनेकी थिइन् । निकुञ्जभित्र रहेको ज्वाला दल गणका उपसेनानी सुवोेध कुँबर लगायत गस्ती टोलीका १७ जना नेपाली सेनाका जवानले वनमा काउलो काट्न गएका ३ महिला माथि बलात्कार गरि हत्या गरेको मानवधिकारवादी संस्थाले प्रतिवेदन निकालेका थिए ।
आरोप ४: नागरिकता सम्बन्धी आरोप महिला अधिकारवादीले विदेशीसँग विवाह गर्ने महिलाले पनि छोरासरह नेपाली नागरिकता पाउनुपर्ने माग गर्दै आएका छन् । तर विद्या भण्डारी महिलाअधिकारवादीको यो भनाईको विपक्षमा छिन् । उनले भनेकी थिइन्, ‘कुनै पनि नारीले विश्वको अन्य राष्ट्रका नागरिकसँग विवाह गर्छिन् भने उनलाई नागरिकता दिनुपर्छ भन्ने छैन ।’
आरोप ५: श्रीमानको ब्याज एमाले वृतमा विद्यालाई स्वर्गीय पति मदन मदन भण्डारीको ब्याजले पद मिलेको चर्चा हुनेगर्छ । हालै एक टेलिभीजनमा अन्तरवार्ता दिँदै भण्डारीले आफ्नो पतिले राजनीतिमा गरेको त्यागका कारण आफू यो स्थानमा पुगेको बताएकी थिइन् । त्यसो त २०५० जेठ ३ गते चितवनको दासढुङ्गा दुर्घट्नापछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा विद्याले अत्याधिक मतसहित विजयी भएकी थिइन् । त्यतिबेला एमालेले स्वर्गीय नेता भण्डारीप्रति उच्च सम्मान गर्नको लागि भन्दै विद्यालाई निर्वाचनमा उठाएको थियो । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद्का प्रवर्तक मदन भण्डारीप्रति सम्मान अर्पण गर्नपनि उनलाई एमाले नेताहरुको सद्भाव छ । त्यसैले त उनलाई अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरे । ओलीले विद्याको नाम लिएपछि विभिन्न गुटमा लागेका नेताहरु मौन रहे । एमालेभित्र चौंथो बरियतामा पर्ने उनी ओली समुहकी हुन् ।
Loading...