Loading...
पछिल्लो समयमा यस्ता विषयमा विभिन्न अनुसन्धान र जनमत पनि सार्वजनिक गरिएका छन् । यस विषयमा अध्ययन गर्न पछिल्लो पटक वैज्ञानिकहरु थ्री डी प्रिन्टिङतर्फ समेत बढेका छन् । अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् ।
तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ । अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए । अमेरिकी नागरिकहरुको औषत लिंग (६ इन्च ) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो ।
अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालिन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ ? भनि प्रश्न सोधिएको थियो । समग्रमा अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ । औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालिन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन ।
किनकी औषतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औषत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ । (स्वास्थ्य खबरपत्रिका)
Loading...
Social Buttons