Latest News

नेपाललाई निकै ठूलो धक्का…पुरा पढ्नुहोस्

काठमाण्डु, १० कात्तिक– बढी उमेरका खेलाडी खेलाएको भन्दै एसियाली फुटबल फेडेरेस एएफसीले नेपाललार्इ यु–१६ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको छ । किर्गिस्तानमा अघिल्लो महिना भएका तीनवटा छनोट खेलमा १६ वर्षमाथिका तीनजना खेलाडी सहभागी गराएको भन्दै कारबाहीस्वरूप एएफसीले नेपाललार्इ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको हो ।
छनोट चरणका दुर्इवटा खेलमा विजय तथा एउटामा पराजय भोगेको नेपाली टिम उत्कृष्ट समूह उपविजेता हुँदै सन् २०१६ भारतमा हुने यु–१६ च्याम्पियन्सिपमा छनोट भएको थियो ।
एएफसीले भारतमा हुने च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको पत्र यसअघि नै अखिल नेपाल फुटबल संघ एन्फालार्इ पठाइसकेको छ ।
छनोट खेलमा एएफसी अनुशासन संहिताको अनुच्छेद ५५.१ को उल्लंघन गरेको ठहर गर्दै एन्फालार्इ १४ हजार ५ सय अमेरिकन डलर जरिबाना गराउने पनि निर्णय गरेको छ । साथै,  अनुशासन संहिताको अनुच्छेद ३१ अनुसार तीन टिमसँगको नतिजा उल्ट्याउँदै ती सबै खेलको नतिजा नेपाललार्इ पराजित घोषित गरिएको छ । त्यसैगरी संहिताको अनुच्छेद ६८ को उल्लंघन गरिएको ठहर गर्दै एएफसीले अखिल नेपाल फुटबल संघलार्इ थप १० हजार अमेरिकन डलर जरिबानासमेत गराएको छ ।
Loading...